तेस्रो त्रैमासमा १ करोडले घाटामा बैंक अफ काठमाण्डौं, अन्य परिसुचक कस्तो ?

६ बर्ष अगाडि

काठमाडौं – बैंक अफ काठमाडौं चालु आर्थिक बर्षको तेस्रो त्रैमास (माघ देखि चैतसम्म) मा घाटामा गएको छ । बैंकले बुधबार सार्वजनिक गरेको तेस्रो त्रैमास वित्तिय विवरणअनुसार माघ देखि चैतसम्मको कारोबारमा बैंक घाटामा गएको हो । 
यस अवधीमा बैंकले रु. १ करोड ३ लाख २३ हजार घाटा बेहोर्नु परेको देखिन्छ । समग्रमा भने बैंक चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा नाफामा नै रहेको छ । चैतसम्म बैंकले रू. ८७ करोड ३४ लाख ९३ हजार खुद नाफा कमाएको छ । यद्यपि, यो नाफा गत आव सो अवधीको भन्दा २७.४९ प्रतिशतले कम हो । गत आवको सो अवधीमा बैंक १ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । कोरोना भाइरसले अर्थतन्त्रमा ल्याएको जोखिमलाई दृष्टिगत गदृै इम्पेरिमेन्ट चार्ज छुटाएकोले खुद नाफामा प्रभावित भएको बताइएको छ । 
बैंकले हाजसम्म ८९ अर्ब ७७ करोड ९ लाख २४ हजार निक्षेप संकलन गरेको छ । साथै, रु. ७८ अर्ब ७२ करोड ४९ लाख कर्जा प्रवा भएको छ । यस्तै, बैंक तथा वित्तिय संस्थालाई ३ अर्ब ७० करोड ७२ लाख कर्जा दिएको बैंकको भनाइ छ । 
हाल बैंकको चुक्ताँपुजी ८ अर्ब ५४ करोड रहेको छ । बैंकले आफ्नो जगेडा कोषमा रु. ५ अर्ब १९ करोड ४७ लाख रकम राखेको देखिन्छ । 
बैंकको प्रति  आम्दानी १३.६३ रुपैयाँ रहेको छ । मुल्य आम्दानी अनुपात १५.८९ रहेको छ । यस्तै, नेट एसेस्ट भ्यालु पर सेयर १५९.९२, एसेस्ट पर सेर १२५५.०९ र तरलता अनुपात २३.४६ प्रतिशत रहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया