कोरोनाका कारण मृत्यु हुनेको संख्या  २ लाख ५२ हजार नाघ्यो  , सङक्रमितको संख्या ३६ लाख ४६  हजारभन्दा बढी

६ बर्ष अगाडि

माहमारीको रुपमा विश्वभर फैलिएको  कोरोना भाइरस (कोभिड १९)को  संक्रमणबाट हालसम्म २ लाख ५२ हजार बढीको मृत्यु भएको छ । आज मंगलबार  मध्यान सम्म कोरोना भाइरसको संक्रमणका कारण २ लाख ५२  हजार ४ सय २९ जनाको मृत्यु भएको हो ।

विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ३६ लाख ४६ हजार नाघेको  छ ।
१२ लाखभन्दा बढी  उपचारपछि घर फर्किएका छन् ।  जसमध्ये  ४९ हजार ६ सय ३७ जनाको अवस्था गम्भीर रहेको छ । 

हालसम्म मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा ६९ हजार ९२५ जनाको मृत्यु भएको छ  । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजारभन्दा बढीको  मृत्यु भएको छ 

इटलीमा २९ हजार ७९, स्पेनमा २५ हजार ४२८, बेलायतमा २८ हजार ७३४, फ्रान्समा २५ हजार २०१ जनाको ज्यान गइसकेको छ ।
 
नेपालमा कोरोना भाइरसको सङक्रमित संख्या ८२ पुगेको छ। सङक्रमित मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन भने अन्यको उपचार भइरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया