३८ प्रतिशतले घट्यो आरएमडीसी लघुवित्तले नाफा, अन्य परिसुचक भने बलियो

६ बर्ष अगाडि

काठमाडौं – आरएमडीसी लघुवित्त वित्तिय संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा रु. १५ करोड १४ लाख ४९ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सो अवधीको भन्दा ३८ प्रतिशतले कम हो । गत आवको सो अवधीमा लघुवित्तले रु. २४ करोड ४४ लाख ४८ हजार खुद नाफा कमाएको थियो । नाफा घटेपछि कम्पनीको अन्य परिसचुक भने बलियो देखिएको छ । 
हालसम्म लघुवित्तले रु. ७ अर्ब ७२ करोड ३१ लाख ७२ हजार निक्षेप संकलन गरेको छ  । साथै, लघुवित्तले रु. ८ अर्ब ३८ करोड ७७ लाख कर्जा प्रवाह गरेको छ । प्रवाहित कर्जाबाट लघुवित्तले समिक्षा अवधीमा रु. ७३ करोड ९० लाख ८५ हजार व्याज कुल व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने रू. २४ करोड ४८ लाख रहेको छ । 
हाल आरएमडीसी लघुवित्तको चुक्तापुँजी ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ रहेको छ । लघुवित्तले हालसम्म आफ्नो जगेडा कोषमा रु. १ अर्ब ५६ करोड २१ लाख ६२ हजार रकम जम्मा गरेको छ । 
वित्तिय विवरणअनुसार लघुवित्तको प्रति शेयर आम्दानी अनुपात २२.४५, मुल्य आम्दानी अनुपात ३०.६४, प्रति शेयर कुल सम्पत्तिको मुल्य १९७५.५३ प्रतिशेयर नेटवर्थ २७३.७० रहेको छ । यस्तै, तरलता अनुपात २३.९६ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया