सिभिल लघुवित्तले कमायो सवा ११ करोड नाफा, अन्य परिसुचक कस्तो ?

६ बर्ष अगाडि

काठमाडौं – सिभिल लघुवित्त वित्तिय संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा रु. १ करोड २६ लाख ८५ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सो अवधीको भन्दा १० लाख भन्दा बढी हो । गत आवको सो अवधीमा यस लघुवित्तले रु. १ करोड १६ लाख ३५ हजार खुद नाफा कमाएको थियो ।
हालसम्म लघुवित्तले रु. ३८ करोड ४२ लाख ९७ हजार निक्षेप संकलन गरेको छ  । साथै, लघुवित्तले रु. १ अर्ब २५ करोड ४० लाख कर्जा प्रवाह गरेको छ । प्रवाहित कर्जाबाट लघुवित्तले समिक्षा अवधीमा रु. १३ करोड ७३ लाख ५० हजार व्याज कुल व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने ५ करोड ९२ लाख रहेको छ । 
हाल सिभिल लघुवित्तको चुक्तापुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ । लघुवित्तले हालसम्म आफ्नो जगेडा कोषमा रु. ३ करोड ८४ लाख ९६ हजार रकम जम्मा गरेको छ । 
वित्तिय विवरणअनुसार लघुवित्तको प्रति शेयर आम्दानी अनुपात १४.८२, मुल्य आम्दानी अनुपात ७०.३१, प्रति शेयर कुल सम्पत्तिको मुल्य ११९७.६१ प्रतिशेयर नेटवर्थ १२३.६० रहेको छ । यस्तै, तरलता अनुपात १४.८४ प्रतिशत रहेको विवरणमा उल्लेख छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया