सानिमा लाइफले कमायो साढे ७ करोड नाफा, बीमाशुल्क कति ?

६ बर्ष अगाडि

काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा रु. ७ करोड ६९ लाख ९८ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
वित्तिय विवरणअनुसार चालु आवको समिक्षा अवधीमा कम्पनीमा नाफा झिनो मात्रामा बढेको देखिन्छ । गत आवको सो अवधी कम्पनीले रु. ७ करोड ६८ लाख ४२ हजार खुद नफा कमाएको थियो । 
यस्तै, कम्पनीले चालु आवमा रु. ५८ करोड १५ लाख कुल बीमाशुल्क संकलन गरेको छ । हालसम्म भने १ अर्ब १० करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको कम्पनीको भनाइ छ । कम्पनीले हालसम्म २३ हजार २७१ ओटा बीमालेख जारी गरेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ४० करोड रहेको छ । कम्पनीले आफ्नो जगेडा कोषमा रू. ११ करोड ८७ लाख, जीवन बीमा कोषमा रू.  ७७ करोड २३ लाख ७५ हजार र महाविपत्ती कोषमा रू.  १ करोड ३१ लाख ९५ हजार जम्मा गरेको छ । 
कम्पनीले हालसम्म रू. ५ करोड ८ लाख २२ हजार दिर्घकालिन लगानी गरेको छ । अल्पकालिन रुपमा भने रू. १ अर्ब ५९ करोड ९ लाख लगानी गरेको कम्पनीले बताएको छ । कम्पनीले बीमालेख धितो राखेर बीमितहरुलाई रू. २ करोड १० लाख कर्जा प्रवाह गरेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया