काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा रु. १३ करोड ४० लाख ८४ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीले गत आवको सो अवधीमा रु. १३ करोड ६ लाख ३६ हजार नाफा कमाएको थियो, जसअनुसार समिक्षा अवधीको कम्पनीको नाफा बढेको देखिन्छ ।
कम्पनीले हालसम्म रु. ८५ करोड ८९ लाख ८० हजार कुल बीमाशुल्क संकलन गरेको छ । साथै, १ लाख १६ हजार ९४४ ओटा बीमालेख जारी गरेको वित्तिय विवरणमा उल्लेख छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ९ करोड रहेको छ । कम्पनीले आफ्नो जगेडा कोषमा ३४ करोड ५८ लाख, बीमा कोषमा ३६ करोड ४७ लाख पैसा जम्मा गरेको छ ।
कम्पनीले दिर्घकालिन रुपमा रू. ४३ करोड ६१ लाख लगानी गरेको छ । यस्तै, अल्पकालिन रुपमा रु. १ अर्ब ९० करोड ७५ लाख लगानी गरेको तथ्यांकमा उल्लेख छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रु.१६.३२, पिई अनुपात २१.२६, प्रतिशेयर नृटवर्थ १६४.८६ र प्रतिशेयर कुल सम्पत्तिको मुल्य ३१४.६४ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया