काठमाडौं – कोरोना भाइरसको बढ्दो प्रकोप र लकडाउनका कराण नेपालमा सम्पुर्ण तारे होटेलहरु असोज मसान्तसम्म बन्द हुने भएका छन् । होटेल संघ नेपालको आइतबार साँझ सम्पन्न बैठकले बैशाख १ गतेदेखिको ६ महिनाका लागि सम्पुर्ण तारे होटेल बन्द गर्ने निर्णय गरेको हो । यो निर्णय संघका सब ैसदस्य होटलहरूले कार्यान्वयन गर्नुपर्ने बताइएको छ ।
कोरोना भाइरसले पर्यटन तथा होटल क्षेत्रमा दुरगामी असर गर्ने देखिएपछि होटल संघले कर्मचारीलाई आधारभुत तलवको १२.५ प्रतिशत तलव दिएर होटेल बन्द गर्ने निर्णय गरेको हो, जसअनुसार होटेलका कर्मचारीले ७७.५ प्रतिशत तलव पाउने छैनन् । तलवका बिषयमा असमहति जनाउने कर्मचारीलाई भने श्रम ऐनमा रहेर जागिरबाट निकाल्ने संघको निर्णय छ ।
नेपालका तारे होटेलहरु विदेशी पर्यटकमा नै निर्भर छन् । तर, कोरोना कारण लामोसमय सम्म नेपालमा विदेशी पर्यटक आउन नसक्ने बताइएको छ । त्यसैले हाललाई ६ महिनाका लागि होटेल बन्द गर्ने निर्णय गरिएको हो । यद्यपि, कम्तीमा पनि १ बर्ष होटेलहरु सञ्चालनमा आउन नसक्ने बताइएको छ । कोरोना भाइरसका कारण होटेल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।
श्रमिकहरुले बैशाखदेखि असोजसम्मको आधारभुत तलवको १२.५ प्रतिशत मात्रा तलव पाउने बताइएको छ । यसका लागि संघले श्रमिकहरुको युनियनहरुसँग छलफल गर्ने पनि बताएको छ । बिशेषगरि होटेलले दिएको तलवमा सरकारले थप तलब भत्ता भुक्तानी गर्ने व्यवस्था गर्न होटल संघ र ट्रेड युनियनले संयुक्त रुपमा पहल गर्ने बताइएको छ ।
सरकारले बैशाखको तलवमा ५० प्रतिशत अहिले र ५०प्रतिशत व्यवासय सुरु भएपछि दिन रोजगारदाताहरुलाई भनेको थियो । तर, यो निर्णय पालाना गर्न नसकिने बताइएको छ । साथै, केही दिन अघि रोजगारदाता परिषद्ले अधिकतम ५० प्रतिशत मात्रै पारिश्रमिक दिने निर्णय गरेर सरकारलाई सुझाव दिएको छ ।
प्रतिक्रिया