८ अर्बको आईपीओ ल्याउन लागेको इन्फ्रास्ट्रक्चर बैंकको नाफा कति ?

६ बर्ष अगाडि

काठमाडौं – ८ अर्ब बराबरको आईपीओ ल्याउने तयारीमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा रु. ५९ करोड ६४ लाख २८ हजार खुद नाफा कमाएको छ । बैंकले सोमबार सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
बैंकको यो नाफा गत आवको सो अवधीको भन्दा २० प्रतिशतले बढी हो । गत आवको सो अवधीमा बैंकले रु. ४९ करोड ६७ लाख ९८ हजार खुद नाफा कमाएको थियो । 
हाल बैंकको चुक्तापुँजी रु. १२ अर्ब रहेको छ । बिभिन्न पुर्वाधारको क्षेत्रमा लगानी जुटाउने र गर्ने उद्देश्य सहित गत बर्षदेखि नेपाल सरकारको स्वामित्व र निजी क्षेत्रको पनि शेयर हिस्सा हुने गरि यो बैंक स्थापना गरिएको छ । हाल यो बैंकले ८ अर्ब बराबरको आईपीओ निकाल्ने तयारी गरेको छ  । 
हालसम्म बैंकले रु. १ अर्ब ४९ करोड २ लाख रकम जगेडा कोषमा जम्मा गरको छ । यस्तै बैंकको निक्षेप २५ करोड रहेको छ । हाल बैंकल् ५८ करोड २९ लाख  कर्जा प्रवाह गरेको छ । 
बिभिन्न पुर्वाधारका आयोजना गरिएको कर्जा प्रवाहबाट बैंकले रु. ९४ करोड ४६ ला ५५ हजार व्याज आम्दानी गरेको छ । बैंकको खुद निक्षेप भने रु. ९२ करोड ७६ लाख रहेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया