काठमाडौं – आरम्भ लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म अर्थात् चैत मसान्तसम्ममा रू. १ करोड ४ लाख खुद नाफा कमाएको छ । आरम्भले सोमबार सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
आरम्भको यो नाफा गत आवको सो अवधीको भन्दा ८५.८४ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा आरम्भले रु. ५५ लाख ९७ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म आरम्भले रु. १९ करोड ४३ लाख २० हजार निक्षेप संकलन गरेको छ । यस्तै, हालसम्म रु. ६५ करोड ७७ लाख ६४ कर्जा प्रवाह भएको तथ्यांकमा उल्लेख छ ।
प्रवाहित कर्जाबाट आरम्भले चैत मसान्तसम्म रु. ७ करोड ५५ लाख ७९ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ३ करोड १० लाख रहेको छ ।
हाल आरम्भको चुक्तापुँजी रु. ६ करोड ४४ लाख ७८ हजार रहेको छ । साथै, जगेडा कोषमा रु. १ करोड ८४ लाख ७१ हजार जम्मा भएको देखिन्छ ।
वित्तिय विवरण अनुसार आरम्भको प्रति शेयर आम्दानी २१.५२ रुपैयाँ छ । यस्तै मुल्य आम्दानी अनुपात २४.५८, प्रति शेयर नेटवर्थ १२८.६७, प्रतिशेयर कुल सम्पत्तिको मुल्य ११७५.८५ र तरलता अनुपात ११.१५ रहेको छ ।
प्रतिक्रिया