जेठ १ पश्चात  बैंकहरुलाई नयाँ ढाँचामा रिपोर्टिङ बुझाउन राष्ट्र बैंकको निर्देशन

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई सरकारी कारोबारको नियमित रिपोर्टिङ बैशाख मसान्तसम्म साबिक ढाँचामा तथा जेठ १ पश्चात निर्दिेष्त गरेको नयाँ ढाँचामा बुझाउन निर्देशन दिएको छ। 
बैंकले सरकारी कारोबार गर्ने इजाजत प्राप्त क वर्गका वाणिज्य बैकहरुलाई परिपत्र गरी उक्त निर्देशन दिएको हो।

यसअघि  बैंकले वाणिज्य बैंकहरुलाई बैशाख २ गते १० कार्यदिनभित्र सरकारी कारोबार निर्देशिका २०७६ बमोजिम सरकारी कारोबारको लागि खाता खोेल्न तथा सरकारी खाता अद्यावधिक गर्न निर्देशन दिएको थियो ।

साथै हाल इमेल मार्फत कारोबारको नियमित प्रतिवेदन पेश गर्दा छुट्टै इमेल आइडी बनाई प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया