नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

६ बर्ष अगाडि

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगञ्ज ८ का १६, २१, ३४ का पुरुष र ४०, ५५ र ६० वर्षका महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालले जनाएको छ ।

आज आइतबार मात्रै नेपालगञ्जमा १५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि दिउसो मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेका छन् । त्यस मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया