नेपालगञ्जमा थप ९ जनामा संक्रमण पुष्टि , संक्रमितको संख्या ६९ पुग्यो

६ बर्ष अगाडि

 आज नेपालगञ्जमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले उक्त जनाकारी गराएका हुन् ।

उनका अनुसार ९ जना संक्रमित मध्ये ५ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरु ७ देखि ५८ वर्षको रहेको उनले जनाकारी गराए ।

यस अघि वीरगन्जमा पनि थप एक जनामा कोरोना भाइरस संक्रमित देखिएको थियो । वीरगन्ज ३ छपकैयाका ३६ वर्षीय एक जना पुरूषलाई कोरोना संक्रमण पुष्टि भएको थियो। 

मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म १३,४१४ जनाको परीक्षण गरिएको छ भने यापिड डायग्नोस्टिक टेस्ट किटबाट ४९,६८८ जनाको परीक्षण सम्पन्न भएको छ।

गत चौबीस घण्टामा १४७९जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए।

२१,९५१ क्वारन्टीनमा रहेको र ७७ जना एकान्तवास (आइसोलेशन)मा रहेको पनि डा. देवकोटाले नियमित प्रेस सम्मेलनमा जानकारी दिए।

६ बर्ष अगाडि

प्रतिक्रिया