आज वीरगन्जमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्ज ३ छपकैयाका ३६ वर्षीय पुरूषलाई कोरोना संक्रमण पुष्टि भएको हो।
उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।
योसंग नेपालमा कोरोना संक्रमित ६० पुगेको छ । त्यसमध्ये १६ जना निको भइसेका छन्।
निको भएकामध्ये रौतहटका एक युवालाई भने फेरि अस्पताल भर्ना गरिएको छ।
प्रतिक्रिया