अब नियमित रुपमा सरकारी कोरोबारको रिपोर्टिङ गर्नुपर्ने, यस्तो आयो राष्ट्र बैंकको निर्देशन

६ बर्ष अगाडि

काठमाडौं – सरकारी कारोबार गर्ने बाणिज्य बैंकहरुले जेठ १ गतेपछि तोकिएको मापदण्डमा रहेर नियमित रुपमा त्यसको रिपोर्टीङ गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले आज (आइतबार) एक परिपत्र जारी गर्दै सम्बन्धीत बैंकहरुलाई यस्तो निर्देशन दिए हो । 
राष्ट्र बैंकले गत बैशाख २ गते १० दिनको कार्यदिन समयसिमा तोकि जारी गरेको सरकारी कारोबार निर्देशिका २०७६ जारी गरेको थियो । अब जेठ एक गतेदेखि सोही मापदण्डअनुसार सरकारी कारोबारको रिपोर्टीङ गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।  साथै, यस्तो प्रतिवेदन पठाउन छुट्टै इमेल आईडी बनाउनुपर्ने पनि बताइएको छ । हाल राष्ट्र बैंकबाट इजाजत लिएर बिभिन्न बाणिज्य बैंकहरुले सरकारी कारोबार गर्दै आएका छन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया