काठमाडौं – १९ जीवन बीमा कम्पनीले चालु आर्थिक बर्षको चैत अर्थात तेस्रो त्रैमाससम्म रु. ६२ अर्ब ४ करोड कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिले तयार गरेको चैत सम्मको तथ्यांकले यस्तो देखाएको हो ।
कम्पनीहरुले यस अवधीमा रु. २१ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । यस्तै, ४१ अर्ब ३ करोड नविकरण बीमाशुल्क र १ अर्ब ६५ अर्ब बैदेशिक रोजगार बीमाशुल्क संकलन भएको समितिको तथ्यांकमा उल्लेख छ ।
समितिका अनुसार सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकलन गरेको छ । नेपाल लाइफले कुल रु. १८ अर्ब ७० करोड बीमाशुल्क संकलन गरेको छ । त्यसमध्ये रु. ५ अर्ब ५३ करोड प्रथप बीमाशुल्क रहेको छ ।
दोस्रो नम्बरमा भने एलआईसी नेपाल रहेको छ । एलआईसीले रु. १० अर्ब ३८ करोड बीमाशुल्क संकलन गरेको छ, त्यसमध्ये रु. २ अर्ब ३१ करोड प्रथम बीमाशुल्क रहेको छ ।
बीमाशुल्क संकलनमा तेस्रो नम्बरमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान रहेको छ । बीमा सस्थानले रु. ६ अर्ब ५० करोड बीमाशुल्क संकलन गरेको छ, त्यसमध्ये रु. ९४ करोड भने प्रथम बीमाशुल्क रहेको छ ।
यस्तै, नेशनल लाइफ चौथो नम्बरमा छ, उक्त कम्पनीले रु. ५ अर्ब ६४ करोड बीमाशुल्क संकलन गरेको छ, त्यसमध्ये रू. १ अर्ब ५८ करोड प्रथम बीमाशुल्क रहेको छ ।
यस्तै, केही बर्ष अघि मात्रा स्थापना भएको युनियन लाइफ भने बीमा शुल्क संकलनमा पाचौ नम्बरमा आएको छ । उक्त कम्पनीले रू. ३ अर्ब १९ करोड बीमाशुल्क संकलन गरेको छ । त्यसमध्ये रू. १ अर्ब ८९ करोड प्रथम बीमाशुल्क रहेको छ ।
नयाँ कम्पनीहरु मध्येमा युनियन लाइफल पछि सिटिजन्स लाइफ अग्र स्थानमा आएको छ । उक्त कम्पनीले हालसम्म रु. १ अर्ब २७ करोड बीमाशुल्क संकलन गरेको छ, त्यसमध्ये रु. ७३ करोड प्रथम बीमाशुल्क रहेको छ ।
हेर्नुहोस् कुन कम्पनीको कति बीमाशुल्क (रु. अर्बमा)
प्रतिक्रिया