करिब २०० प्रतिशतले बढ्यो स्पर्स लघुवित्तको नाफा

६ बर्ष अगाडि

काठमाडौं – स्पर्स लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैतसम्म १ करोड ७९ लाख ६७ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएकोहो । 

स्पर्सको यो नाफा गत आवको सो अवधीको भन्दा करिब १९७.४७ प्रतिशतले बढीले बढी हो । स्पर्सले गत आवको तेस्रो त्रैमाससम्म रु. ६० लाख ३९ हजार खुद नाफा कमाएको थियो । यस्तै, स्पर्सले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ ।

स्पर्सले हालसम्म रु. २३ करोड ३ लाख ८३ हजार निक्षेप संकलन गरेको छ । यस्तै, रु. १ अर्ब २ करोड ३० लाख २० हजार कर्जा प्रवाह भएको तथ्यांकमा उल्लेख छ । कुल प्रवाहित कर्जाबाट स्पर्सले रु. ११ करोड ५४ लाख ६६ हजार कुल व्याज आम्दानी गरेको छ । खुद व्याज आम्दानी भने रु. ४ करोड ६९ लाख रहेको छ । 
हाल यस कम्पनीको चुक्तापुँजी रु. ९ करोड ३७ लाख ४८ हजार रहेको छ । जगेडा कोषमा भने रु. २ करोड ५९ लाख ८२ हजार रकम जम्मा भएको देखिन्छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया