काठमाडौं – राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात् चैतसम्म रू. ८६ लाख ५५ हजार खुद नाफा कमाएको छ । गत आवको सो अवधमिा २६ लाख १९ हजारले घाटामा रहेको यस कम्पनीले समिक्षा अवधीमा भने यतिका नाफा कमाउन सफल भएको हो ।
तर, दोस्रो त्रैमासको तुलनामा भने कम्पनीको नाफा भने घटेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले रु. १ करोड १८ लाख ३४ हजार नाफा कमाएको थियो । तेस्रो त्रैमाससम्म आउँदा भने कम्पनीको नाफा घटेको छ ।
कम्पनीले चैतसम्म व्याज मार्फत कुल १३ करोड ४२ लाख आम्दानी गरेको छ । खुद व्याज आम्दानी भने रु. ८ करोड ६६ लाख ८५ हजार रहेको छ । कम्पनीले हालसम्म बिभिन्न ठाउँमा रु. १ अर्ब ३० करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ ।
यस कम्पनीको चुक्तापुँजी रु. १७ करोड ५० लाख रहेको छ । यस्तै, जगेडा कोषमा रु. ८ करोड १५ लाख रकम जम्म भएको देखिन्छ । कम्पनीको डिपोजिट भने रु. ६१ करोड ६२ लाख भन्दा बढी रहेको छ ।
प्रतिक्रिया