सानिमा लाइफको बीमाशुल्क अब इ–सेवाबाट

६ बर्ष अगाडि

काठमाडौं  – अब ग्राहकहरुले इ–सेवाबाट पनि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बीमाशुल्क भुक्तानी गर्न पाउने भएका छन् । कम्पनीले हालै इसेवा मार्फत बीमाशुल्क भुक्तानी गर्न पाउने व्यवस्था गरेको हो । 
कोरोना भाइरसको त्रास र प्रविधियुक्त समयलाई दृष्टिगत गर्दै यस्तो व्यवस्था गरिएको कम्पनीको भनाइ छ । इ–सेवाबाट ग्राहकहरुले सजिलै बीमाशुल्क भुक्तानी गर्न सकिने बताइएको छ ।  

नेपालको बीमा क्षेत्रले लामो समय पार गरिसकेको छ । नेपालमा अन्य क्षेत्रमा डिजीटल भुक्तानीको बिकास भएपनि बीमा क्षेत्रमा यसको विकास हुन सकेको थिएन । तर, पछिल्लो समय बीमा क्षेत्रमा पनि डिजीटल भुत्तानीको बिकास हुदैं गएको छ ।  

६ बर्ष अगाडि

प्रतिक्रिया