एनएमबी बैंकको नयाँ व्याजदर घोषणा

६ बर्ष अगाडि

काठमाडौं – एनएमबी बैंकले आफनो बिभिन्न प्रकारको बचत खाताका नयाँ व्याजदर घोषणा गरेको छ । बैंकले बैशाख १९ गते शुक्रबादेखि नै लागू हुने गरि उक्त व्याजदर घोषणा गरेको हो । 
बैंकले आफ्नो बिभिन्न बचतखातामा ३.५० प्रतिशतदेखि ५.५० प्रतिशतसम्म व्याज दिने बताएको छ । बैंकले तोकिएको शर्त पुरा गरेमा मात्रा तोकिएको व्याज दिने बताएको छ । 

बैंकले घोषणा गरेको यो व्याजदर पहिलाको भन्दा कम हो । कोरोना भाइरसका कारण बैंकहरुमो परेको प्रभावका कारण पछिल्लो समय बैंकहरुले बचतको व्याजदर घटाउदै लगेका छन् । यसअघि बैंकहरुले सामान्य बचतमा ६ प्रतिशत भन्दा बढी व्याज दिने घोषणा गर्दै आएको थिए । तर, अहिले अधिकांश बैंकहरुले बचतमा दिने व्याजदर ५ प्रतिशतको हारहारीमा रहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया