घट्यो फस्र्ट माइक्रोफाइनान्सको नाफा, ९ महिनामा साढे ८ करोड नाफा

६ बर्ष अगाडि

काठमाठौं – चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा फस्र्ट माइक्रोफाइनान्स लघु वित्त वित्तिय संस्थाको खुद नाफा ५.६८ प्रतिशतले घटेको छ । कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीले गत आवको समिक्षा अवधी अर्थात चैतसम्म रु. ९ करोड १८ लाख ९३ हजार खुद नाफा कमाएको थियो । तर, चालु आवको यस अवधीमा कम्पनीको खुद नाफा त्यो ५२ लाख २२ हजार कम अर्थात् रु. ८ करोड ६६ लाख ७१ हजारमा सिमित भएको छ । 
कम्पनीले हालसम्म ५ अर्ब ५७ करोड ९ लाख ४५ हजार कर्जा प्रवाह गरेको छ । त्यसको व्याज बाट कम्पनीले रु. ५४ करोड ४३ लाख ७७ हजार आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. १३ करोड ८७ लाख मात्रा रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. ८० करोड रहेको छ । साथै, जगेडाकोष भने १९ करोड ३८ लाख ४० हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी अनुपात १४.४३, मुल्य आम्दानी अनुपात २८.७६, प्रति शेयर नेटवर्थ १२४.२१, प्रतिशेयर कुल सम्पत्तिको मुल्य रु. ८३९.२२, तरलता अनुपात १९.४८ रहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया