ज्योति लाइफले कमायो ११ करोड नाफा, अन्य वित्तिय परिसुचक यस्तो

६ बर्ष अगाडि

काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक २०७६÷७७ बर्ष तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म रु. ११ करोड ५१ लाख ४२ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा १४.२८ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा कम्पनीले रु. १० करोड ७ लाख खुद नाफा कमाएको थियो । 
यस्तै, कम्पनीले तेस्रो त्रैमासको अन्त्यसम्म रु. १ अर्ब १४ करोड ३१ लाख कुल बीमाशुल्क संकलन गरेको छ । हालसम्म भने २ अर्ब ४४ करोड ५८ लाख बीमाशुल्क संकलन भएको कम्पनीको वित्तिय विवरणले देखाएको हो । कम्पनीले हालसम्म् ४१ हजार १२६ बीमालेख सार्वजनिक गरेको छ ।
कम्पनीले बीमालेख धितो राखेर बीमितहरुलाई रु. १७ करोड ४३ लाख कर्जा प्रवाह गरेको छ । यस्तै, कम्पनीले दिर्घकालनि रुपमा २ अर्ब ७३ करोड ६० लाख र अल्पकालिन रुपमा २८ करोड ४९ लाख १६ हजार लगानी तथा कर्जा प्रवाह गरेको छ । 
ज्योति लाइफ नेपालको बीमा बजारमा नयाँ जीवन बीमा कम्पनी हो । यसको चुक्तापुँजी रु. १ अर्ब ५४ करोड छ । तोकिएको २ अर्बको चुक्तापुँजी पुर्याउन कम्पनीले अब ३० प्रतिशत आईपीओ जारी गर्नुपर्नेछ । 
हाल कम्पनीको जगेडाकोषमा ३७ करोड ३९ लाख, जीवन बीमा कोषमा १ अर्ब ४० करोड ४५ लाख र महाविपत्ती जगेडामा ४ करोड १५ लाख ४९ हजार रहेको छ । 
हाल कम्पनीको प्रतिशेयर आम्दानी ९.९७,  प्रतिशेय नेटवर्थ १२६.९८ र प्रतिशेयर कुल सम्पत्तिको मुल्य २२४.७० रहेको विवरणमा उल्लेख छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया