संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष पुष्कर आचार्यले स्थानीय तहले राहत वितरणमा पनि जालझेल गरेको आरोप लगाए्का छन ।
शहरमा रोजगारी गर्न भाडामा बस्नेहरुलाई स्थानीय तहले पनि राहत नदिएपछि मजदुरलाई समस्या भएको बताए ।
‘रोजगारी छैन कसरी खाने, कसरी घरभाडा तिर्ने ? स्थानीय सरकारले पनि आफ्ना मतदातालाई मात्रै हेर्दा मजदुरहरु समस्यामा परेका छन्’, उनले भने, ‘स्थिति भयावह बन्दै गइरहेको छ ।’
उनले मजदुरहरु दुई छाक खान नपाउने अवस्थामा पुगेकोले खान नपाएर पैदलै हिँड्नु परेको बताए । साँच्चैको पीडितले राहत पनि पाउन सकेका छैनन् ।
आचार्यले कतिपय मजदुरहरुले चैत महिनाको तलब समेत नपाएको बताए ।
उनले भने, ‘कतिपय उद्योग र प्रतिष्ठानहरुले चैत महिनाको तलब अहिलेसम्म दिएका छैनन् । चैत महिनामा पनि करिब १२ दिन त उनीहरुले काम गरेकै थिए । तर के कति कारणले हो कतिपय उद्योगमा काम गर्ने मजदुरहरुले अहिलेसम्म तलब पाएका छैनन् । उनीहरुलाई पनि तलब उपलब्ध गराउने र खानपानको व्यवस्था गर्नुपर्ने अवस्था आएको छ ।’
प्रतिक्रिया