कोरोना भाइरस प्रभावः आगमी आवमा बजेटको आकार नबढ्ने, पुनः सिलिङ पठाउँदै योजना आयोग

६ बर्ष अगाडि

काठमाडौं –  कोरोना भाइरसले उब्जाएको परिस्थीतीका आगमी आर्थिक बर्ष २०७७÷७८ को बार्षिक बजेटको आकार नबढ्ने भएको थियो । नेपाल सरकारले हरेक बर्ष बजेटको आकार बढाउँदै आएको थियो । तर, यो बर्ष बजेटको आकार बढाउन नसकिएने सरकार निकायहरुको भनाइ छ । 
सरकारले चालु आवको लागि १५ खर्ब ३२ अर्ब बराबरको बजेट ल्याएको थियो । आमगी आवमा पनि सोही बराबरको बजेट ल्याइने बताइएको छ । राष्ट्रिय योजना आयोगका एक अधिकारीले चालु आवको बजेटको आकार बराबर नै आगमी बजेटको सिलिङ पठाउन लागेको जानकारी दिए । आयोगले आगमी आवमा रु. २० खर्ब ५२ अर्ब बराबरको बजेट सिलिङ अनुमान गरेको थियो । तर, अहिले त्यो घटाएर १७ खर्ब ५९ अर्ब मा सिमित गरिएको छ ।
आयोगले गत माघमा नै आगमी बजेटको सिलिङ पठाएको थियो । तर, कोरोना भाइरसका कारण बजेटको आकार केही खुम्चाएर पुनः सिलिङ पठाउन लागिएको हो । अबको केही हप्ता कोरोना भाइरसको प्रभावलाई हेरेर नयाँ सिलिङ पठाइने आयोगको भनाइ छ ।  साथै, लकडाउनको अवधीले पनि बजेटलाई असर गर्ने बताइएको छ ।
नेपाल सरकारको मुख्य आय स्रोत नै कर संकलन हो । साथै, दातृ निकायबाट आउने सहयोगको आधार पनि बजेट तयार गरिन्छ । तर, अहिले कोरोना भाइरसको प्रकोप र लकडाउनका कारण विश्वभर नै आर्थिक संकट आउने हुँदा विदेशबाट आउने सहयोग पनि अन्योलमा छ । साथै, कर संकलन पनि के कति हुन्छ भनेर आकालन गर्न सकिएको छैन । यो अवस्थामा बजेटको आकार खुम्चिन सक्ने बताइएको छ ।
आगमी बजेटले भौतिक पूर्वाधारलाई बढी प्राथमिकता दिने बताइको छ । यद्यपि, कोरोना भाइरसको कारणसामाजिक पूर्वाधार, स्वास्थ्य, शिक्षालाई पनि बढी प्राथमिकता राखिने बताइएको छ । 
यसका अलावा विदेशबाट फर्किने युवा, शिक्षा प्रणाली, श्रम बजारलाई व्यवस्थापन गर्ने बिषयलाई पनि बजेटले प्राथमिकतामा राख्ने बताइएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया