लकडाउनको अवधिमा नै ज्योति लाईफ इन्स्योरेन्सले चालु आ.व.को तेश्रो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेको
छ
कम्पनीद्वारा सार्वजनिक गरेको वित्तीय विवरण अध्ययन विश्लेषण गर्दा अघिल्लो आ.व.को सोही अवधिको तुलनामा यस
आ.व.को तेश्रोत्रयमासमा कुल बीमा शुल्कमा ९७ प्रतिशतले वृद्धी गर्दै रु. १.१४ अर्ब आर्जन गरेको छ ।
।
कम्पनीले अल्पकालिन लगानी घटाई दिर्घकालिन लगानीलाई प्राथमकिता दिएको कारणले दिर्घकालिन लगानी ८३ प्रतिशतले वृद्धी भएको छ भने अल्पकालिन लगानीमा ५८ प्रतिशतले गिरावट आएको छ । व्यवस्थापन खर्चमा भएको वृद्धीको बाबजुद कम्पनीले खुद नाफामा समेत १४ प्रतिशतलेसुधार गर्दै रु. ११.५१ करोड नाफा कमाएको छ ।
भने नाफाको रकम बीमाङ्कीय मूल्याङ्कन पश्चात परिवर्तन हुन सक्नेछ । ।व्यवसाय तथा बीमितको संख्या वृद्धी संगै कम्पनीको दाबी भुक्तानी रकम पनि १३६ प्रतिशतले वृद्धी भइ दाबी वापत
रु.८९.५९ लाख भुक्तानी गरेको छ ।
व्यवसाय तथा लगानी बृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीकोतेश्रोत्रयमासमा जगेडा कोषमा समेत ८३ प्रतिशतले वृद्धी भइ रु.३७.३९ करोड कायम भएको छ ।
भने जिवन बीमा कोषमा १९१ प्रतिशतले वृद्दी भइ रु. १.४० अर्ब भएको छ ।
कम्पनीको वित्तीय विवरण अध्ययन गर्दा दिर्घकालिन लगानीको अनुपात बढी रहेको र वित्तीय बजारमा निक्षेपको ब्याजदरमा कमी आएता पनि कम्पनीको
नाफा आगामि दिनमा समेत सन्तुलित हुने विश्लेषण गर्न सकिन्छ ।
प्रतिक्रिया