अग्रवाल प्रकरणः थप थुनछेक बहस आज, कस्तो आदेश आउला ?

६ बर्ष अगाडि

काठमाडौं – शंकर समुहका सुलभ अग्रवाल विरुद्धको कालोबजारीको मुद्दामा आज काठमाडौंमा थप थुनछेक बहस हुने भएको छ । बुधबारको थुनछेक बहसमा अग्रवाल पक्षका सबै अधित्तवक्ताले वकालत गर्न नभ्याएपछि आज पनि बहस गरिने भएको हो ।

अग्रवालको पक्षमा करिब १ दर्जन वकिलहरु रहेको छन् । उनहरु मध्ये आज ३ जनाले वकलात गरिने छ । आजको  बहस सकिएपछि अग्रवाललाई थुनामा राख्ने किन धरौटी वा तारिखमा छोड्ने भनेर आदेश जारी गरिने छ । अदालतको अनुसार आज फस्ट आवरमा नै यो बहस हुनेछ । 

जिल्ला वकिल कार्यालय काठमाडौंले उनी विरुद्ध बिभिन्न ४ कसुरमा मंगलबार मात्रा अदालतमा मुद्दा दर्ता गरेको थियो । त्यसपछि बुधबारदेखि अदालतले उक्त मुद्दामा थुनसेक बहस गरेको थियो । 
यो मुद्दा न्यायधिस ब्रजेशकुमार प्याकुरेलको इजलाशमा रहेको छ । उक्त मुद्दामा अग्रवालको पक्षमा करिब एक दर्जन अधिवक्ता रहेका छन् । अधिवक्ता लव मैनाली, कृष्ण सापकोटा र पर्शुराम कोइरालाले बहस सकेका छन् । बिहीबार अधिवक्ताहरु रमणकुमार कर्ण, ओमकुमार दाहाल र कमलेश सुवेदीले बहस गर्ने बताइएको छ । सरकारको तर्फदेखि सरकारी वलिक कार्यालयकी सिर्जना ढकालले वकालत गरेको बताइएको छ । 

अग्रवाल विरुद्ध ३ बर्ष कैद र १५ लाख ७८ हजार बिगो मागदानी गरिएको छ । साथै, सार्वजनिक पद दुरपयोग गरेको हुनाले थप डेडी सजाय पनि मागदावी गरिएको छ भने कसुरजन्य सम्पत्ति पनि रोक्का गर्नुपर्ने गरि मुद्दा अगाडि बढाइएको छ ।
उनीमाथि कालोबजारी, अवैध भण्डारण, कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोगमा अभियोग छ । बिशेषगरि ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा उनी पक्राउ परेको हुन्  । उनले ३५ सय पर्ने थर्मल गनलाई १५ हजारमा बिक्री गरेको बताइएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया