पत्रकार पक्राउ गरिएकोप्रति कांग्रेसको आपत्ति

७ बर्ष अगाडि

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरिएकोमा आपत्ति जनाएका छन्।

सभापति देउवाले प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै निन्दा र भत्र्सना गरेका हुन्। 

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले आफ्नो पार्टी सो घटनाको विरुद्धमा रहेको रहेको प्रतिक्रिया दिए। उनले भने,‘पत्रकारलाई पक्राउ गर्ने जस्तो काम पनि कहीं गर्ने होरु’ 

सभापति देउवाले सरकारले पत्रकारहरुलाई पक्राउ गरेकाले पनि आफ्नो पार्टीले संसदमा विरोध गर्नु परेको स्पष्ट पारे।

समाचार प्रकाशित गरेकै आधारमा गत सोमबार बिहान पक्राउ परेका खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ। त्यसैगरी सोही घटनामा आवश्यक सोधपुछ गर्न प्रहरीले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठसँग पनि स्पष्टिकरण सोधेको छ।

७ बर्ष अगाडि

प्रतिक्रिया