सनराइज बैंकद्वारा बनेपा र ठिमी अस्पताललाई पीपीई हस्ताणतरण

५ बर्ष अगाडि

काठमाडौं– कोरोना भाइरस महामारीको उपचारमा संलग्न चिकित्सकहरुका लागि सनराइज बैंले विभिन्न अस्पतालहरुमा व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई० उपलब्ध गराएको छ । पहिलो पंक्तिमा रहेर कोरोना नियन्त्रणका लागि उपचारमा संलग्न हुनुपर्ने चिकित्सकको सुरक्षाका लागि बुधबार बनेपा र ठिमी अस्पताललाई बैंकले पीपीई उपलब्ध गराएको हो । 


बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले दुबै अस्पताललाई १२—१२ थान पीपीई उपलब्ध गराइएको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो प्रमुख जिम्मेवारी ठानेर पीपीई उपलब्ध गराईरहेको उनले बताए ।


पीपीई बुझेपछि श्री मेमोरियल अस्पताल काभ्रेका डा। शिवजी विक्रम सिलवालले अहिलेको समयमा पहिलो पंक्तिमा बसेर उपचारमा खटिने चिकित्सकहरुका लागि पीपीई महत्वपूर्ण भएको बताए । अस्पतालको कार्डियोलोजि विभागका निर्देशक समेत रहेका डा। सिलवालले चिकित्सक सुरक्षित नभएसम्म कोरोनाको उपचार पनि सुरक्षित नहुने भएकाले पीपीई बिना उपचार सम्भव नभएको बताए । महामारीको समयमा बैंकले पीपीई उपलब्ध गराएकोमा उनले बैंकलाई धन्यवाद समेत दिए ।


कोरोनासँग डराएर नभइ डटेर लड्नुपर्ने अहिलेको समयमा सम्पूर्ण सुरक्षाका विधि अपनाएर सरकारी नीति पालना गर्न बैंकले सबैलाई आग्रह गरेको छ । अहिलेको समयमा बैंकिङ कारोबारलाई डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन बैंकले आग्रह गरेको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया