प्रहरीमाथि यसरी खनिए नेता नेपाल

७ बर्ष अगाडि

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारलाई अनावश्यक धरपकड गर्न नमिल्ने बताएका छन्।


वरिष्ठ नेता नेपालले पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने लगायतका विषयमा आफूले धेरै नबुझेको उल्लेख गर्दै उनीहरुलाई निरुत्साहित हुने गरी कुनै पनि गतिविधि प्रहरीले गर्न नहुने प्रतिक्रिया दिए।

बिहीबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै नेता नेपालले कानुन बमोजिम बाहेक कसैलाई पनि पक्राउ गर्न नमिल्ने स्पष्ट पारे। मुद्दा मामिला भए कानुनबमोजिम पत्रकारलाई पनि अनुसन्धान गर्न सकिन्छ’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘तर निरुत्साहित हुने गरी पत्रकारलाई दुःख दिने काम प्रहरीले गर्न हुँदैन्।’

गत सोमबार समाचार प्रकाशित गरेकै आधारमा खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो। सोही घटनाको विरोध गर्दै पत्रकार बस्नेतलाई तत्काल रिहा गर्न सरकारमाथि चौतर्फी दबाब परेको छ।

 

७ बर्ष अगाडि

प्रतिक्रिया