पत्रकारलाई गेटबाहिरै राखेर बालुवाटारमा नेकपा स्थायी समिति

५ बर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 

अध्यादेश प्रकरणले आफ्नो चर्को आलोचना भएपछि बैठक बोलाउन आनाकानी गरेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चर्को दवावपछि बैठक बसालेका हुन् । 

अघिल्लो सोेमबार सरकारले पार्टी विभाजन र संवैधानिक परिषदसम्बन्धी संशोधन अध्यादेश ल्याएपछि तरङ्गित बनेको नेकपा सोही कारण झण्डै फुटको संघारमा पुगेका बेला छलफल गर्न बोलाइएको सचिवालय बैठकलाई नेकपाका नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् 

पार्टी फुटाउने अध्यादेश ल्याएको र सरकारका कार्यशैली गलत भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल, झलनथ खनाल लगायतले १० दिनसम्म नेताहरुको दौडधुप र कसरतपछि बल्लतल्ल  सचिवालय बैठक बोलाइको हो ।  

आजको बैठकले मूख्य रुपमा स्थायी कमिटीको बैठकको मिति तय गर्ने भनिएपनि पार्टीका विभिन्न गुटबाट एक्लिएर रुष्ट बनेका प्रधानमन्त्री ओलीले सचिवालयको बैठक बोलाउने पक्षमा छैनन् ।

झण्डै विभाजनको संघारमा पुग्ने अवस्था आएको बेला बसेको सचिवालय बैठकलाई नेकपाका लाखौँ नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् । 

स्थायी समिति सदस्य तथा राष्ट्रिय सभा सांसद डा बेदुराम भुसालले अध्यादेशपछिको तरंगित राजनीति कसरी अघि बढछ भन्ने दिशानिर्देश गर्ने भएकाले यो बैठकलाई महत्त्वका साथ हेरिएको बताए ।

पार्टीका समग्र विषय स्थायी समिति बैठकमा छलफल गरेर समाधान गर्ने कार्यकर्ताको आश रहेकोले स्थायी समिति टार्न कुनै सहमति मान्य नहुने उनको भनाई छ । ‘नेकपाको भविष्य र समग्र नेपालको राजनीतिक अवस्थालाई समेत प्रभाव पार्ने भएकाले आजको बैठकले लिने निर्णयको पखाइमा छौँ,’ उनले भने । 

प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि असन्तुष्ट बनेका प्रचण्ड तथा वरिष्ठ नेता नेपाल लगायतले चर्को असहमति राखेर छुट्टै बैठकहरु राखेपछि ओलीले नेपाल समूहलाई फकाउन विभिन्न चरणका प्रयास गरेका थिए । तर पनि अनौपचारीक बैठकहरुमा कुनै सहमति हुन सकेको छैन । 

ओलीले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छोड्नुपर्ने माग भएपछि ओलीले पनि आफ्नो पक्षमा बहुमत देखाउन  साँसदहरुको हस्ताक्षर अभियान नै चलाएका छन् । 

यसैबीच बैठक चलिरहँदा समाचार संकलनका लागि पुगेका पत्रकारलाई बालुवाटारमा प्रवेश दिइएको छैन । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया