चालू आर्थिक वर्षमा नेपालका कुल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान सबैभन्दा धेरै रहेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ ।
बृहद् औद्योगिक समूह अनुसार जीडीपीमा योगदान तुलना गर्दा गर्दा चालू आर्थिक वर्षमा ५८.०८ प्रतिशत योगदान सेवा क्षेत्रको रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको हो ।
सेवा क्षेत्र अन्तर्गत थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात, सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यवसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा पर्दछन् ।
यस अन्तर्गतका होटल रेष्टुरेण्ट तथा हवाई यातायातमा कोभिड १९ को महामारीले गर्दा प्रत्यक्ष असर परेपछि १.९९ प्रतिशत घट्ने अनुमान छ ।
यस्तै दोश्रोमा प्राथमिक क्षेत्र अन्तर्गतका कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन क्षेत्रले कुल गार्हस्थ उत्पादनमा योगदान दिएको विभागले जनाएको छ ।
चालू आवमा २८.२० प्रतिशत योगदान यो क्षेत्रले दिएको प्रारम्भिक अनुमान रहेको जनाइएको छ । यो क्षेत्रमा २.५४ प्रतिशत बृद्धिदर हुने भएपनि हुने भएपनि यो गत आर्थिक वर्षको तुलनामा न्यून हो ।
कोभिड १९ महामारीको असरलाई न्यून गर्नका लागि अवलम्बन गरिएको प्रयासबाट आपूर्ति प्रणालीमा आएको रोकावटले गर्दा यस क्षेत्रको उत्पादनमा गत आवको तुलनामा न्यून बृद्धिदर रहेको विभागको तथ्यांक छ।
त्यस्तै तेश्रोमा द्वितीय क्षेत्रको योगदान रहेको विभागले जनाएको छ । यस अन्तर्गत पर्ने निर्माण, उद्योग र विद्युत, ग्याँस तथा पानीको योगदान १३।७२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो क्षेत्रबाट जीडीपीमा ३.३६ प्रतिशत योगदान बृद्धि हुने विभागले जनाएको छ ।
तर समग्रमा भने जीडीपीमा कृषि क्षेत्रको योगदान अघिल्लो आर्थिक वर्षको तुलनामा धेरै छ । गत आर्थिक वर्षमा २०७५र७६ कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको २६.९८ प्रतिशत हिस्सा ओगटेकोमा चालू आर्थिक वर्षमा यो हिस्सा बढेर २७.०८ प्रतिशत हुन पुगेको जनाइएको छ ।
उद्योग र निर्माणसहित समेटिएको द्वितीयक क्षेत्रका हिस्सा अघिल्लो वर्षको १४।४७ प्रतिशतबाट घटेर १३।७२ प्रतिशतमा झरेको छ भने सेवा क्षेत्रको हिस्सा ५७।७१ प्रतिशतबाट बढेर ५८.०८ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया