साँसदहरु उपस्थित हुन नसके  भर्चुअल संसदको तयारी, मोवाइल र कम्प्युटरबाटै बैठकमा सहभागी भएर गोप्य भोटिङ्ग गर्न सकिने

५ बर्ष अगाडि

संसद सचिवालयले लकडानको समयमा संसदको भर्चुअल बैठक बस्न सक्ने गरी तयारीमा जुटेको छ । 

कोरोना भाइरस संक्रमणको त्रास र लकडाउनका कारण सबै साँसद प्रत्यक्ष रुपमा उपस्थित हुन समस्या पर्ने कुरालाई मध्यनजर गरी सचिवालयले भर्चुअल बैठकको तयारी गरेको हो । 

यसका लागि सफ्टवेयर प्रणाली माइक्रोसफ्ट टिम्सको माध्यमबाट सुरक्षित र गोप्य तरिकाले संसद बैठक बस्न सकिने सचिवालयले जनाएको छ । 

भर्चुअल बैठक बस्ने विषयमा अध्ययन गर्न वैशाख ४ गते सचिवालयका अनुसन्धान सचिव ध्रुव घिमिरेको नेतृत्वमा अध्ययन समिति गठन भएको थियो । 

सो समितिले अध्ययनको गरी माइक्रोसफ्ट टिम्सको माध्यमबाट भर्चुअल बैठक गर्न सकिने सुझाव सहितिको प्रारम्भिक प्रतिवेदन सचिवालयमा बुझाएको छ ।

अध्ययन समितिका संयोजक घिमिरेका अनुसार सो प्रविधिबाट तीन सय जनाभन्दा बढी प्रयोगकर्ताले एकै पटक सुरक्षित तरिकाले बैठक गर्न सकिन्छ । साथै बैठकको रेकर्डिङ, सर्चिङ लगायतको  सुविधा त्यसमा छ । 

बैठक चलिरहेको समयमा कुनै साँसदले दुई वा दुइभन्दा धेरैजनासँग गोप्य छलफल गर्न चाहेमा त्यसको सुविधा पनि उक्त सफ्टवेयरमा रहेको जनाइएको छ । 

त्यसैगरी गोप्य भोटिङ गर्न र एक आपसमा कुनै विषयका फइलहरु आदान प्रदान गर्न सकिने सुविधा पनि रहेको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ । 

उक्त प्रविधिको प्रयोग गरिएमा मोबाइल, डेस्कटप, ल्यापटपबाट साँसदहरु बैठकमा सहभागीता जनाउन सक्नेछन् । 

एक महिनाको समय पाएको अध्ययन समितिले पूर्ण प्रतिवेदन पेश गरेपछि यस विषयमा आवस्यक निर्णय लिइने जनाइएको छ । 

यदी भर्चुअल बैठक नै बस्ने भएमा सो प्रविधिको जडानका साथै साँसदहरुलाई प्रयोग गर्न सक्ने बनाउन समेत करिब १० दिनको समय लाग्ने प्रतिवेदनमा उल्लेख छ । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया