प्राइम कमर्शियल बैंकको नाफा २ अर्ब भन्दा बढी

६ बर्ष अगाडि

काठमाडौं – प्राइम कमर्शियल बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म रु. २ अर्ब ३ करोड ६ लाख खुद नाफा कमाएको छ । बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
यो नाफा गत आवको सोही अवधीसम्मको भन्दा ३१ प्रतिशतले बढी हो । गत आवको समिक्षा अवधीमा प्राइम बैंकले रु. १ अर्ब ५४ करोड ७९  लाख नाफा कमाएको थियो ।
बैंकले तेस्रो त्रैमासमा मात्र रु. ७२ करोड ९८ लाख खुद नाफा कमाएको तथ्यांकले देखाउछ । अहिले कोरोना भाइरसको महामारीले बैंकिङ क्षेत्र पनि गत फागुनका अन्त्यदेखि नै प्रभावित छ, त्यसको बावजुत पनि उक्त बैंकले राम्रो नाफा कमाएको देखिन्छ । 
यस्तै, प्राइम बैंकले हालसम्म रु. १ खर्ब १४ अर्ब ७३ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ । साथै, १ खर्ब ११ अर्ब भन्दा बढी कर्जा प्रवाह गरेको तथ्यांकमा उल्लेख छ । बैंक तथा वित्तिय संस्थालाई भने ४ अर्ब ७३ करोड कर्जा दिएको बैंकले बताएको छ । प्रवाहित कर्जाबाट बैंकले यस अवधीमा रु. ३ अर्ब ३४ करोड भन्दा बढी व्याज आम्दानी गरेको छ ।
हाल बैंकको प्रतिशेयर आम्दानी रु. १९.३६ रहेको छ । यसैगरि मुल्य आम्दानी अनुपातः ३.०२, प्रतिशेयर नेटवर्थः १४४.६२, प्रतिशेयर कुल सम्पत्रिको मुल्यः १०६८.६३, तरलता अनुपात २२.६९ रहेको छ । 
यस्तै, बैंकले आफ्नो एनपीएल भने घटाउन सफल भएको छ । गत आवको यस अवधीमा बैंकको एनपिएल १.५८ प्रतिशत थियो । अहिले त्यो ०.९७ प्रतिशतमा सिमित भएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया