वैदेशिक रोजगार व्यावसायी संघमा विवादको संकेतः बर्तमान अध्यक्षलाई निवर्तमान अध्यक्षको प्रश्नै प्रश्न ?

५ बर्ष अगाडि

काठमाडौं –  नेपाल बैदेशिक रोजगार व्यावसायी संघमा विवादको संकेत देखिएको छ । संघको निवर्तमान अध्यक्ष रोहन गुरुङले बिभिन्न बिषयमा बर्तमान अध्यक्ष बिष्णु गरैलाई प्रश्नै पश्न गर्दै एक विज्ञप्ती जारी गरेको छन् । त्यसको आधारमा संघ विवाद भएको देखिन्छ । 
उनले बिभिन्न सहयो माग्दै प्रेस विज्ञप्ती जारी गरेका छन् । उनले विज्ञप्तीमा उल्लेख गरेको वाक्यअनुसार बर्तमान अध्यक्षबाट व्यवसायीहरु असन्तुष्टी रहेको देखिन्छ ।

यस्तो छ उनले जारी गरेको विज्ञप्ती 

श्री अध्यक्ष
नेपाल बैदेशिक रोजगार व्यावसायि संघ
काठमाडौं
कोरोना भाइरसको कारण रोकिएको दक्षिण कोरिया रोजगारी मिति २०७७ बैशाख १४ गते नेपाल सरकारले  सुचारु गर्ने निर्णय गरेको विभिन्न अनलाइन मिडिया मार्फत  जानकारी भयो । देशको बेरोजगारी समस्या हल गर्न करिब ३३ बर्ष देखी म्यानपावार व्यावसायिहरु क्रियाशिल रहदै  बार्षिक करिब ५ लाख युवाहरुलाई वैदेशिक रोजगारको अबसर जुटाउदै  ८ खर्ब रेमिट्यान्स भित्राउने कार्यमा सहयोगी बन्दै आएको यहा जानकार नै हुनुहुन्छ।बैदेशिक रोजगार व्यावसायिको योगदानलाई आम नागरिक र सरकार सकारात्मक रूपमा लिन  चाहदैनन । यसको प्रमुख कारण जबरजस्ती लादिएको अब्यबहारिक निति नियमको कारण देखिन आउने अपारदर्शी लेनदेन र गन्तव्य मुलुकमा कामदारलाई पर्ने समस्याको निराकरण गर्न बनेको कमजोर संयन्त्रको कारण पनि होला । व्यावसायि माथी लाग्ने अनावश्यक आरोपको अन्त्य गर्न म संघमा अध्यक्ष हुँदा प्रयत्नशिल रहें तर दुर्भाग्य बस् नै भन्नु पर्छ  मेरो कार्यकालमा आफ्नै बिभागिय मन्त्रीले केही मजदुर संगठन, एन.जि.ओ , आइ.एन.जि.ओ हरुको उक्साहटमा  मलेसिया, मरिसस ,माल्टा,कतार, जिटुजि गरि  व्यावसायिलाई बिस्थापित गर्ने उद्देश्यको बिरुद्ध जुध्न धेरै  समय  बिताउनु पर्यो ।बन्द भएको  मलेसिया रोजगारी सुचारु गर्न अर्को तनावपुर्ण र बिबाद झेल्नु र्पयो  । धरौटि वृद्धिको बिरुद्धमा अर्को द्वन्द्वात्मक प्रमुख एजेन्डा बनाएर भिडनु र्पयो  । जापान जि.टु. जि को निर्णय रोक्न सकिएन र गलत निर्णयको कारण आज हजारौ नेपालीले जापान रोजगारी गुमाइ रहेको हामी सबैले देखीरहेका छौ ।
तपाईं प्रचण्ड बहुमत सहित संघको अध्यक्ष पदमा निर्वाचित  हुनु भएको ८ महिना भएको रहेछ ।निर्बाचनको दौरानमा तपाईले व्यावसायिलाई गर्नु भएका धेरै कमिटमेन्टहरु पुरा गर्न लागी रहनु भए कै होला। कोरोना भाइरसको महामारीले स्थिती  थप चुनौती पुर्ण बनेको देखिन्छ तर तपाईंले यो समयलाई अबसरको रूपमा परिणत गर्न सक्नुपर्छ । निबर्तमान अध्यक्ष मात्र नभइ व्यावसायि समेत भएको नाताले  तपाईंसग केहि  प्रश्न र अनुरोध गर्न चाहन्छु ।गम्भीर भएर सकारात्मक रूपमा लिनुहोला ।
प्रश्नः
(१)कोरोना महामारीको कारण बन्द रहेको बैदेशिक रोजगार अब कसरी सुचारु गर्ने सोचमा राज्यसग कस्तो सम्बादको तयारी गर्दै  हुनुहुन्छ ?
(क) फ्री भिसाको नियमलाई  संरक्षण गरेर ? कि लथालिङ्ग अबस्थामा छोडेर ?
(ख)दिदै नदिएको टिकट कागजमा मात्र फ्री लेखेर ?? कि टिकट नदिए टिकट काटेर जान मिल्ने नियम संसोधन गरेर ???
(ग) दश हजारको रसिद थमाएर ठगको तक्मा भिर्न बाद्य भएर अफिस खोल्ने ???कि लिएको पैसाको(सेवा शुल्क) रसिद दिन मिल्ने नियम  कानुन परिमार्जन गरेर ???
(घ)कामदारको दायित्व र जिम्मेवारी तोकेर ? कि जहिले पनि व्यावसायि नै गलत हुने नियम कानुन भित्र नै रहेर ???
(ङ) सय जनाको समस्या तत्काल अध्यादेश ल्याएर  ??? कि नआइकन ??
(ङ)सरकारबाट कुनै राहत पाएर  ??? कि नपाइकन???
(च)राखिएको नगद धरौटि केही बर्षलाई फिर्ता लिएर ???कि अफिस भाडा र स्टाफ तलब तिर्न नसक्ने भएर ???

बैदेशिक रोजगार आबस्यक छैन, म्यानपावर सबै ठग हुन, नेपाली युवा बिदेश जान हुदैन, देश बिकासको लागि युवा देशमा रोकिनु पर्छ भन्ने आम नागरिक ,बुद्धिजीवी,राज्य  सबैलाई लागेको हो ??? यदि हो भने मौका यहि हो अब उप्रान्त बैदेशिक रोजगारमा जान कुनै नेपालीलाई श्रम स्वीकृति नदिने र बैदेशिक रोजगार बिभागर कार्यलय खारेज गर्ने गरि सबै लाग्नुस ।
 

अध्यक्ष ज्यु,
संक्षिप्तमा

१) व्यावसायिका मागहरु पुरा गर्न  सबै राजनितिक दल, ( विशेष गरि कांग्रेस ) नेपाल सरकार लाई अनुरोध गरि सम्सोधनर परिमार्जन गरेर मात्र सुचारु गर्न संघ कार्यसमितिले निर्णय गर्न सक्ने कि नसक्ने ??? 

२) यदि व्यावसायिले लामो समय देखी उठाएका मागहरु सरकारबाट सम्बोधन हुदैनन् भने बैदेशिक रोजगार पुनः सुचारु गर्न आबस्यक छैन र राखिएको धरौटि तत्काल फिर्ता गर्न लगाउने निर्णय गर्न तपाईंको नेतृत्व तयारी हो कि???होइन ??? त्यही पुरानो बाजा गाजा सहित ठगीको रथमा सवार दुलाह राजा बनेर केही महिना पछी अफिस खोल्न जानू पर्ने हो ?? कि इज्जतका साथ काम गर्ने बाताबरण बनेर मात्र अफिस खोल्ने ??? 

संघको निर्वाचनको क्रममा संसद  रोकेर भए पनि व्यावसायिको माग सम्बोधन गर्न लगाउछु भन्नु भएका माननिय नेता बालकृस्ण खांड,पुर्ब श्रममन्त्री रमेश लेखक ,पुर्ब स्वास्थ मन्त्री माननिय गगन थापा,नेता शेखर कोइराला जस्ता अग्रजहरु सग सहयोग र अनुरोध गरेर अब वारपार गर्नुस् ।ठग र दलालको तक्मा भिरेर यो देशको बेरोजगारी समस्या हल गरि दिनुपर्ने ??? अब म  लगाएत अधिकांस व्यावसायिमा सामर्थ्य र सहन शक्ति टुटिसकेको छ ,हामि थाकी सकेका छौ।नितिगत सुधार हुदैन र गर्न सक्नु हुन्न भने हाम्रो धरौटि तत्काल फिर्ता दिलाइ सहयोग गरि दिनुस्,हामी अरु नै ब्यबसाय तिर लाग्ने छौ ।ठगको तक्मा  भिरेर निरन्तर यस्तै अबस्थामा  काम गर्न चाहने कोहि व्यावसायि हुनुहुन्छ भने त्यो वहाँहरुको इच्छा हो हामीलाई केही भन्नू छैन ।धन्यवाद 
 

रोहन गुरुङ 
संचालक टप जब्स प्रा. लि.
काठमाडौं

 

५ बर्ष अगाडि

प्रतिक्रिया