महिलालाई बन्धक बनाई राखेको अभियोगमा पक्राउ

७ बर्ष अगाडि

सुनसरी– महिलालाई बन्धक बनाई राखेको अभियोगमा मोरङ सुन्दर हरैचा नगरपालिका–१ बस्ने ३८ वर्षीय मोहन पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ । 
    ईटहरी उपमहानगरपालिका–१२ खनारस्थित रिलाईन्स फ्याक्ट्रीबाट काम गरी घर फर्कने क्रममा मोरङ सुन्दर हरैचा नगरपालिका–११ घर भएकी २८ वर्षीया सानु घिमिरेलाई पोख्रेलले मंगलबार अपहरण गरेका थिए । 
    उक्त घटनाको जानकारी प्राप्त भएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङ बबिया बिर्ताबाट बुधबार पोख्रेललाई पक्राउ गर्नुको साथै पीडित महिलाको उद्धार गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया