लकडाउन बढ्यो, शेयर बजार के हुन्छ ?

६ बर्ष अगाडि

काठमाडौं – नेपाल सरकारले लकडाउन थप १० दिन लम्बाउने निर्णय गरेसँगै सो अवधीसम्म शेयर बजार पनि बन्द हने भएको छ । आइतबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले बैशाख २५ गतेसम्म लकडाउन लम्बाउने निर्णय गरेको छ । सो अवधीसम्म शेयर कारोबार पनि बन्द हुने नेप्से तथा नेपाल धितोपत्र बोर्डको भनाइ छ । 
लकडाउनको अवस्था खुकुलो नहुने भएकाले बजार खोल्न सम्भब नभएको बताइएको छ । 
सरकारले लकडाउन खुकुलो बनाएमा बजार खोल्ने पक्षमा बोर्ड र नेप्से रहेका थिए । तर, लकडाउन थप कडाई भएपछि यस्तो निर्णय गरिएको हो । 
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई नियन्त्रण गर्न नेपाल सरकारले गत चैत ११ गतेदेखि नेपालमा पनि लकडाउन लगाइएको छ । त्यसपछि नेपाली शेयर बजार पनि बन्द रहेको छ । कोरोना भाइरसका कारण यतिबेला विश्वका अधिकांश स्टक मार्केट पनि बन्द छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया