३५ करोड अमेरिकी डलर लागतमा मुक्तिनाथमा केवलबार बन्ने

७ बर्ष अगाडि


काठमाडौं–मुक्तिनाथसम्म जाने केवलकार निर्माण गरिने भएको छ । नेपाल सरकार लगानी बोर्डको कार्यलय र मुक्तिनाथ दर्शन प्रालिबिच विरेठाँटीदेखि  मुस्ताङको मुक्तिनाथसम्म केवलकार लाइन बिकासका लागि सहमति भएको छ । 
बुधबार सो सहमतिमा लगानीबोर्डका तर्फबाट सिइओ महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट अध्यक्ष अरुण कुमार सुवेदीले हस्ताक्षर गरेका छन् । ८३.६५ किलोमिटर केवलकार लाइनमा ६ वटा स्टेशनहरु रहनेछन् । 
 विरेठाँटीदेखि घोरेपानी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेतेमार्फा, लेतेमार्फा देखि जोमसोम, जोमसोम देखि कागबेनी र कागबेनीदेखि मुक्तिनाथ गरी ६ खण्डमा विभाजित गरिएको छ ।  आयोजनाको लागत ३५ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । 
गत बैशाख १५ गते लगानी बोर्डको ३० औ बैठकले मुक्तिनाथसम्म केवलकार प्रसारण लाइनको प्रस्तावलाई पारित गरेको थियो र उक्त कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन तयार गरेर बोर्डलाई बुझाउन भनिएको थियो । हस्ताक्षर भएको मितिले १८ महिना भित्र विस्तृत परियोजना प्रतिवेदन बुझाउनु पर्नेछ ।

७ बर्ष अगाडि

प्रतिक्रिया