काठमाडौं – नेपाल राष्ट्र बैंक शनिबारदेखि ५४ औं बर्ष पुरा गरेर ५६ औं बर्षमा प्रवेश गरेको छ । सोही सन्दर्भमा राष्ट्र बैंकमा हालै नियुक्ती भएका नर्या गभर्नर महा प्रसाद अधिकारी नयाँ योजना पनि घोषणा गरेका छन् ।
बिशेषगरि उनले कोराना भाइरसबाट प्रभावित बिषयमा बिभिन्न सुहुलियत ल्याउने घोषणा गरेको छन । नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण उत्पन्न महामारीबाट सिर्जित यस विषम परिस्थितिमा वित्तीय प्रणालीमा लगानी योग्य साधनको अभाव हुन नदिन तथा वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधारका क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, उर्जा, पर्यटनलगायत अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा आपूर्ति गर्ने एवम् रोजगारी सिर्जना गर्ने क्षेत्रमा निर्देशित गर्नेतर्फ राष्ट्र बैंक कटिबद्ध रहेको उनको भनाइ छ ।
साथै, संकटको सामना नीतिगत उपायका माध्यमबाट गर्नुपर्ने यथार्थलाई ध्यानमा राख्दै विद्यमान परिस्थतिमा आर्थिक क्रियाकलाप विस्तारलाई प्रोत्साहित गर्न आगामी दिनमा तोकिएको व्यवस्था मिलाउने उनको घोषणा छ ।
यस्ता छन् उनका घोषणा
(क) चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
(ख) कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइनेछ ।
(ग) साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुनरकर्जा सहज ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्य्विधिमा संशोधन गरिनेछ । साथै, रु.६० अर्बको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्था समेत मिलाइनेछ ।
(घ) बैंकिङ क्षेत्रबाट हुने कर्जा पवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गरिनेछ ।
(ङ) कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
(च) लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाइनेछ ।
प्रतिक्रिया