पुनरकर्जा कार्यविधि संसोध गरिदैं, कोरोना प्रभाविक क्षेत्रमा सहज रुपमा पुनरकर्जा प्रवाह गरिने

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले पुनरकर्जा सम्बन्धी कार्यविधिलाई संसोधन गर्ने भएको छ । कोभिड–१९ (कोरोना भाइरस) का कारणसाना तथा मझौला उद्योग, पर्यटन जस्ता क्षेत्रमा परेको प्रभावलाई प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी राष्ट्र बैंकबाट प्रदान गरिने पुनरकर्जा सहज ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधि संसोधन गरिने भएको हो ।

राष्ट्र बैंकको ५६ औं बार्षिक उत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले लिखित मन्तव्य सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। साथै,  रु.६० अर्बको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्था समेत गरिने उनको भनाइ छ । यस्तै, चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइनेछ उनको घोषणा छ । 

नेपाल राष्ट्र बैंक गत आइतबारदेखि ६४ औं बर्ष पुरा गरेर ६५ औं बर्षमा प्रवेश गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया