सिटिजन लाइफ इस्योरेन्सले गरिदियो सबै कर्मचारीको कोरोना बीमा

६ बर्ष अगाडि

काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले  कोभिड–१९ माहामारीको विरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई रु. १ लाखको कोभिड–१९ बीमालेख प्रदान गरेको छ । 
यस परिस्थितिमा सिटिजन लाइफले आफ्ना सम्पूर्ण  कर्मचारीत्रहरुलाई यो सुविधा उपलब्ध गरेको हो । कम्पनीले शिखर इन्स्योरेन्सबाट सामुहिक रुपमा उक्त बीमा पोलिसी  खरिद गरेको हो । 
बीमा समितिद्वारा कोरोना भाइरस (कोभिड–१९) बाट हुने रोगको रक्षावरण गरिने भनेर नयाँ बीमलेख जारी भएपछि  सिटिजन लाइफले आफ्नो कर्मचारीलाई यो सुविधा दिने बिषयमा निर्णय गरेको हो । कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइनेछ । यस बीमलेखले कर्मचारीहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । 
सिटिजन लाइफ सदैब आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडर हरुको सेवा र क्षमता बृद्धी बिकाससा अग्रणी भूमिकामा रहदै आएको छ । यसको साथै कम्पनीले ग्राहकलाई  बिमा शु्ल्क भुक्तानीमा अझ सहज हुने गरि डिजिटल प्रविधि अर्थात फोन पे मार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि गरेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया