समयमा बढुवा हुन नसक्दा  सशस्त्रमा ३२ सय पद रिक्त

७ बर्ष अगाडि

काठमाडाैं-सशस्त्र प्रहरी बलमा समयमा बढुवा हुन नसक्दा ठूलो संख्यामा पदहरू रिक्त छन् । 

 

अधिकृत वा सोभन्दा माथिल्लो तहमा १ सय ३१ तथा तल्लो तहमा ३ हजार १ सय ७ पद रिक्त छन् । डिआइजीका ५, एसएसपीका ३, एसपीका ९, डिएसपीका २४, इन्स्पेक्टरका ९० पद रिक्त छन् ।

 

सशस्त्रमा डिआइजीका पद ८ महिनादेखि रिक्त छन् । एसएसपीको १ वर्ष तथा कानुन र लेखातर्फ १५ महिनादेखि पद रिक्त हुँदा पनि बढुवा प्रक्रिया सुरु भएको छैन ।

त्यस्तै, वरिष्ठ नायब निरीक्षक १, नायब निरीक्षक १ सय ७६, सहायक निरीक्षक ४ सय ६३, वरिष्ठ हवल्दार ९ सय ५, हवल्दार २ सय १, सहायक हवल्दार २३, जवान १ हजार २ सय ३१ तथा परिचरका १ सय ८ पद रिक्त छन् ।  

 

अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया