सीमानाका बन्द गरेर लकडाउन खुकुलो पार्न सरकारको ध्यानाकर्षण

५ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीले लकडान खुकुलो गर्न सरकारसँग माग गरेको छ । भारत र चीनसंगको सीमानाका बन्द गरेर देशभित्र लकडाउन खुलुलो पार्न राप्रपाले माग गरेको हो । 

विज्ञहरुको राय लिएर प्रभावित क्षेत्रहरुको वर्गिकरण गरि क्रमशः लकडाउन खुकुलोगर्दै लैजाने रणनीति बनाउन ध्यानाकर्षण गरिएको राप्रपाका अध्यक्ष कमल थापाले बताए । 

‘कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानी बाहेक भारत र चिनसंगको सिमा बन्दगर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्दगर्न राप्रपा सरकारको ध्यानाकर्षण गर्दछ’, उनले भने । 

५ बर्ष अगाडि

प्रतिक्रिया