वैशाख २५ सम्म लकडाउन थप्ने मन्त्रीपरिषदको निर्णय

६ बर्ष अगाडि

सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि १५ वैशाखसम्म गरिएको लकडाउन एकसाता थप गर्न कोभिड – १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले सिफरिस गरेको थियो । 

लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको समितिको सिफारिसपछि मन्त्रीपरिषदले सोही अनुसार थपेको छ । 

कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गत चैत ११ यता लगातार लकडाउन घोषणा गर्दै आएको छ । 

पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा लकडाउन खुकुलो पार्ने कि भन्ने बहसहरु पनि भइरहेका थिए । 

छिमेकी मूलुक भारतमा धेरै संक्रमित भएको कारण भारतको अवस्था समेत ख्याल गर्दै आगामी एक साता यही स्वरुपमा लकडाउनलाई निरन्तरता दिएको उनले बताए । 

यसअघि उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरिसकेको छ । 
लकडाउनका कारण कोरोना संक्रमण फैलन नपाएको समितिको ठहर छ । लकडाउनको समय भोलि मध्यरातदेखि सकिने भएकाले आज बस्ने मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गर्नेछ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया