अनेरास्ववियूले लकडाउनको समयमा विद्यार्थीलाई अनलाइनबाट पढ्न सहज हुने गरि एकेडेमिक प्याक ल्याउन प्रस्ताव गरेको छ ।
आज नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीसँग भेटेर अनेरास्ववियूले विद्यार्थीहरुलाई सहुलियत हुने डाटा र भ्वाइस प्याक ल्याउन आग्रह गरेको हो ।
डाटा र भ्वाइस कलमा विद्यार्थीहरुलाई सहुलियत दिने बिषयमा छलफल भएको अनेरास्ववियूका नेता आरसी लामिछानेले बताए ।
‘विश्वविध्यालयहरुले लकडाउनका कारणले अनलाइन अध्ययन शुरु गर्ने तयारी गरेको सन्दर्भमा विद्यार्थीहरुलाई अत्याधिक सहुलियत दिनको लागि र टेलिकमको सेवा सबैको पहुँचमा पुर्याउने गरि अगाडि बढ्न आग्रह गरिएको छ’, उनले भने ।
लामिछानेका अनुसार प्रवन्ध निर्देशक अधिकारीले विद्यार्थीको प्रस्तावप्रति सकारात्मक भएको बताएका थिए ।
‘विद्यार्थीलाई सहुलियका लागि एकेडेमी सेवा छिट्टै लागू गरिने जानकारी दिनुभएको छ’, उनले भने ।
प्रतिक्रिया