राष्ट्र बैंकले नौ महिनामा किन्यो २ अर्ब ६७ करोड अमेरीकी डलर

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनामा २ अर्ब ६७ करोड अमेरीकी डलर खरिद गरेको जनाएको छ । राष्ट्र« बैंकको बार्षिकोत्सबमा गर्भनर महाप्रसाद अधिकारीले सो रकम खरिद गरेको बताए । केन्द्रिय बैंकले ३ खर्ब ५ अर्ब तरलता प्रवाह गरेको छ । 

त्यसैगरी, चैतसम्म अमेरिकी डलर ३ अर्ब ६ करोड बिक्रीगरी ३ खर्ब ५० अर्ब ९ करोड बराबरको भारतीय रुपैँया खरिद गरिएको छ ।

यता २०७७ बैशाख ११ गते बैंक तथा वित्तीय संस्थाहरूसँग अनिवार्य नगद मौज्दात बाहेक ४५ अर्ब ७८ करोड अधिक तरलता रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया