दाताको १३ करोडले  खैलाबैला, विभागीय प्रमुखबाट राजीनामा

७ बर्ष अगाडि

काठमाडौं–नेपालमा समावेशिताको अवस्था अध्ययन गर्न भन्दै युएसएडसँग लिएको १३ करोड रुपैयाँले त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागमा खैलाबैला मच्चिएको छ ।

 

मानवशास्त्र केन्द्रीय विभागका प्राध्यापकले अनियमित तरिकाले प्रोजेक्ट चलाएर रकम हिनामिना गर्न खोजेको भन्दै विद्यार्थीले विरोध गरेका हुन् ।चर्को विरोधपछि विभागीय प्रमुख ले राजीनामा नै दिनुपर्ने अवस्था आयो ।

 

प्राडा लयप्रसाद उप्रेतीले विभागीय प्रमुखबाट राजीनामा दिएका हुन् । अहिले उपप्राध्यापक डा डम्बर चेम्जोङलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया