प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेको आरोप लगाएका छन् ।
सरकारले विवादित अध्यादेश ल्याएको र राजपा फुटाउन टोली परिचालन गरेका कारण चौतर्फी आलोचना भएपछि थापाको यस्तो प्रतिकृया आएको हो ।
प्रधानममन्त्री केही शर्मा ओलीले राजनीतिक दल फूटाउन खुकुलो पार्ने र प्रतिपक्षी दलका नेताबिना नै संवैधानिक परिषद बैठक राख्न सकिने अध्यादेश ल्याएपछि चौतर्फी बिरोध भएको थियो ।
अध्यादेश फिर्ता लिएपछि पनि नेकपामा प्रधानमन्त्री, रक्षामन्त्री र गृहमन्त्री बाहेकका सचिवालय सदस्यहरुले भैसेपाटीमा भेला गरेर प्रधानमन्त्रीलाई दवाव दिएको कुरा सार्वजनिक भएको छ ।
सोही घटनापछि कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरुद्ध जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरुद्ध चलखेल जारी रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
उनले हङ्ग पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुई तिहाई संख्यामा नेकपालाई जिताईदिए, नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पो भएछ । जनमतको घोर अपमान, भागबण्डाको स्वाभाविक परिणाम ।’
हङ्ग पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुई तिहाई संख्यामा नेकपालाई जिताइदिए, नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पो भएछ १ जनमतको घोर अपमान, भागबन्डाको स्वभाविक परिणाम ।
पार्टी एकता र त्यसपछिका सहमतिविपरितहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरू गर्ने सिलसिलाको पराकाष्ठा । कोरनाका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्द जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्द जारी चलखेल, नेकपाको नाममा !
लज्जाशरणम् !!
प्रतिक्रिया