काठमाडौं –महानगरीय प्रहरी परिसर ललितपुरले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई बुधबार प्रहरी कार्यालयमै बोलाएर बयान लिएको छ ।
दृष्टिको समाचार साभार गरी अनलाइनमा प्रकाशन गरेको आरोपमा पक्राउ गरिएका खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतको बयानका आधारमा प्रहरी परिसरले श्रेष्ठलाई पत्राचार गरी कार्यालयमा बोलाएर बयान लिएको हो ।
पटक–पटक बोलाउँदा पनि नगएपछि प्रहरीले आफूलाई उपस्थित हुन पत्र नै पठाएकाले बयान दिन गएको श्रेष्ठले जनाए । उनले समाचार छापेको या साभार गरेको आधारमा प्रहरीले पक्राउ गर्नु र बयान दिन बोलाउनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया