नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्जका २ जना पुरुषमा कोरोना संक्रमण भएको हो ।
उनीहरु दुबैजना ५० वर्षका पुरुष हुन् ।
आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणको क्रममा उनीहरुका संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।
यो संगै नेपालमा कोराना संक्रममण हुनेहरुको संख्या ५१ पुगेको छ । त्यसमध्ये १२ जना निको भई घर फर्किइसकेका छन् ।

प्रतिक्रिया