विश्वभरि फैलिएको कोरोना भाइरसका विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । आजमात्र ३ हजार ३०६ को मृतयु भएको छ ।
विश्वभर यो समाचार तयार पार्न समय मृतकको संख्या २ लाख ४ सय ५ रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि २८ लाख ६७ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिहरुमा ८ लाख १९ हजार ३ सय १० जना उपचारपछि घर फर्किएका छन् । १८ लाख ४८ हजार ६३ व्यक्ति हाल उपचारारत छन् भने ५८ हजार २८१ को अवस्था गम्भीर छ ।
हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित अमेकिामा ५२ हजार ८४३ जनाको मृत्यु भइसकेको भने ९ लाख २९ हजार भन्दा बढी सङक्रमित छन् । आज मात्र अमेरिकामा साढे ६ सयको मृत्यु भएको छ ।
दोस्रो प्रभावित राष्ट्र इटलीमा हालसम्म २६ हजार ३८४ जनाको मृत्यु भएको छ भने १ लाख ९५ हजार ३१५ जना संक्रमित रहेका छन् ।
स्पेनमा २२ हजार ९०२ जनाको मृत्यु भएको छ भने २ लाख २३ हजार भन्दा बढी सङक्रमित रहेका छन् । स्पेनमा मृतकको संख्या इटली तुलनामा कम भएपनि संक्रमितको संख्या इटली तुलना करिब २९ हजारले बढी रहेको छ ।
यस्तै बेलायतमा पनि आज एकैदिनमा ८ सयभन्दा बढी मृतकको संख्या २० हजार ३१९ पुगेको छ । बेलायतमा संक्रमितको संख्या १ लाख ४८ हजार ३७७ रहेको छ ।
जर्मनीमा कोरोनाभाइरसको सङ्क्रमणको कारण ५ हजार ८०५ जना, फ्रान्समा २२ हजार २४५ जना, नेदरल्यान्ड्समा ४ हजार ४०९ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया