मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउन र अध्यादेशको बिषयमा छलफल हुने

५ बर्ष अगाडि

काठमाडौं – आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । अबको केहीबेर अर्थात् ११ बजे बालुवाटार स्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । 
उक्त बैठकमा कोरोना भाइरसबाट बच्न लगाइएको लकडाउनको बिषयमा छलफल हुने बताइएको छ । साथै, सरकारले हालै ल्याएको दुई अध्यादेशको बिषयमा पनि मन्त्रिपरिषद्ले उचित निर्णय गर्ने बताइएको छ । 
ओलीले गत बैशाख ८ गते राजनीतिक दल सम्बन्धी र सवैधानिक परिषद् सम्बन्धी २ अध्यादेश जारी गरेका थिए । त्यसपछि यस बिषयमा पार्टी भित्र नै चर्काे विरोध भएको छ भने अध्यादेश फिर्ता लिन दवाव पनि दिइएको छ । सम्भवत आजको मन्त्रिपरिषद्ले उत्तः दुई अध्यादेश फिर्ता लिने निर्णय गर्ने बताइएको छ । 
राजनीतिक दल सम्बन्धी अध्यादेशकले कुनै पनि पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गरेको छ । साथै,  प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बस्ने व्यवस्था पनि अर्काे अध्यादेशमा छ । यस्तै व्यवस्थाका कारण यी दुई अध्यादेशको विरोध भइरको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया